देशकै चर्चित भरतपुर महानगरको मेयरमा गठबन्धनबाट रेणु दाहालको उम्मेदवारी दर्ता

उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीको उम्मेदवारी


चितवन । देशकै चर्चित चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा रेणु दाहालले उम्मेदवारी दर्ता गराएकी छन् । सत्ता गठबन्धनको तर्फबाट मेयर पदकी साझा उम्मेदवार माओवादी केन्द्रबाट दाहालले आज दिउँसो उम्मेदवारी दर्ता गराएकी हुन् ।

र्यालीसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दाहालले आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् । उनिसंगै सत्ता गठबन्धनबाटै उपमेयरका उम्मेदवार काँग्रेसका चित्रसेन अधिकारीले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

यहि वैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनमा देशका ६ वटा महानगरमध्ये सत्ता गठबन्धनमा रहेका दलहरुले भागबण्डा गर्दा भरतपुर माओवादीको भागमा परेको थियो । रेणु अघिल्लो निर्वाचनमा पनि काँग्रेससंगको गठबन्धनमा भरतपुरको मेयरमा निर्वाचित भएकी थिइन् । सत्ता गठबन्धनको भागबण्डामा भरतपुर माओवादीको भागमा परेपछि माओवादीले रेणुलाई नै पुनह मेयरमा दोहोर्याउन लागेको हो ।

गठबन्धन गर्दा भरतपुरको मेयर काँग्रेसले पाउनु पर्ने अडान स्थानिय नेता कार्यकर्ताहरुले राखेपनि अन्तत केन्द्रको निर्देशनमा काँग्रेसका तर्फबाट उपमेयरमा उम्मेदवारी दिइएको छ ।

तस्बिरमाः मेयर पदकी उम्मेदवार रेणु दाहाल र उपमेयरका उम्मेदवार चित्रसेन अधिकारी

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार