गभर्नर निलम्बनसम्बन्धी रिटमा आज अन्तरिम आदेशबारे टुङ्गो लाग्ने


काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले दिएको रिटमाथि आज सर्वोच्च अदातलमा छलफलका लागि दुबै पक्षलाई बोलाइएको छ ।
गभर्नर अधिकारीलाई निलम्बन गरी छानबिन थालेको सरकारले छानबिन गर्न पाउने वा नपाउनेबारे आज सर्वोच्चमा दुबै पक्षलाई छलफलका लागि बोलाइएको हो ।

बैंकिङ प्रणालीको अति गोप्य सूचनाहरू चुहाएको, कार्यक्षमताको अभाव भएको लगायतका आरोप लगाउँदै गत चैत २४ गतेको मन्त्रीपरिषद् बैठकले गभर्नर अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेसंगै उनी स्वतः निलम्बनमा परेका थिए ।

निलम्बनमा परेपछि गभर्नर अधिकारी आफुाथि अन्याय भएको भन्दै रिट लिएर वैशाख ५ गते सर्वोच्च पुगेका थिए । वैशाख ६ गते सार्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले वैशाख १३ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश दिँदै तत्काल छानबिन नगर्न र उनलाई काम गर्नबाट नरोक्न भनेपछि अधिकारी काममा फिर्ता भएका थिए।

अदालतले आज आज दुवै पक्षका कुरा सुनिसकेपछि अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने सम्बन्धमा निर्णय हुनेछ ।
अधिकारीको रिट न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंक बहादुर मोक्तानको संयुक्त इजलासमा परेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार