महाराजगञ्जबाट २२ जना चिनियाँ नागरिक पक्राउ, धन्दाबारे थाहा पाएपछि प्रहरी नै चकित

काठमाडौं । काठमाडौंको महाराजगञ्जबाट २२ जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अध्यागमन विभाग र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनीहरुलाइ आज पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई अध्यागमन विभागले अनुसन्धान गरिरहेको अपराध अनुसन्धान कार्यालयमा प्रमुख एसएसपी बसन्त कुँवरले जानकारी बताए। प्रहरीकाअनुसार विजनेस भिसामा नेपाल आएका उनीहरुको भिसाको म्याद सकिएको पाइएको छ ।

भिसा म्याद सकिदा पनि किन र कसरी नेपालमा बसिरहेका छन् भन्नेबारे प्रहरीले गम्भिर रुपमा अनुसन्धान गरिरहेको जनाएको छ । उनिहरु विभिन्न किसिमका ठगी कार्य र जुवा खेलाउनमा संलग्न हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यसरी पटक पटक चिनियाँ नागरिकहरु पक्राउ पर्ने गरेका छन् । दुई बर्षअघि पनि १२२ जना चिनियाँ नागरिक पक्राउ परेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार