
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी ओलीले मुख छाड्नु नयाँ कुरा नभएको बताएका छन् ।
आज काठमाडौं आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघीय सांसद समेत रहेका थापाले एमाले अध्यक्ष ओली कालो मन भएको मान्छे भएको बताएका हुन् । ओलीले कसैलाई मुख छाड्नु नयाँ कुरा नभएको नेता थापाले बताए ।
‘केपी ओलीले मुख छाड्नु भो भन्ने कुरा नयाँ कुरा हुँदै भएन । जसको मुखमा अँगार छ । उसले ओकल्ने कालै हो’, नेता थापाले भने ।
बुधबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा थापाले भने, ‘तपाईँलाई याद छ ? केपी ओलीले ककसलाई पागल भन्नुहुन्छ ? केपी ओलीले झुट बोल्नुहुन्छ । कोही आँट भएको मान्छे आएर ‘तपाईं छुट बोल्दै हुनुहुन्छ’ भन्यो भने उहाँले पागल भन्नुहुन्छ। पहिला पनि ओलीले पागल भनेर सुशीला कार्की र गोविन्द केसीहरुलाई भनेका थिए’ ।
ओलीका गल्ती र कमजोरीमाथि कसैले प्रश्न गरेमा उनले प्रश्न गर्नेलाइ नै उल्टै पागल भनेर मुख छाड्ने गरेको थापाको भनाई थियो । काँग्रेसको घोषणापत्र पढेर अत्तालिएपछि ओलीले आफुहरुमाथि रिस र कुण्ठा पोखेको उनले बताए । ओलीले आफ्नो प्रतिद्धन्दीलाई गाली गरेर हलमा सर्मथकबाट परर्र ताली खाएपछि आन्नद मान्ने प्रवृती र संस्कार काँग्रेससंग नभएको नेता थापाले बताए ।
एमालेका ओलीले महिजो एक कार्यक्रममा बोल्दै काँग्रेसको घोषणापत्रलाई बकवास र पागलहरूको प्रलाप भन्दै कडा टिप्पणी गरेका थिए । जुन कुराले काँग्रेस निकै चिडिएको छ ।










