
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बम राखेको फोन आएपछि आन्तरिक उडानका सबै यात्रुहरुलाई गेटबाट बाहिर निकालिएको छ । अज्ञात व्यक्तिबाट विमानस्थलमा बम रहेको कुरा जानकारी गराएपछि यात्रुलाई बाहिर निकालिएको हो ।
उक्त विषयमा छानविनका लागि विमानस्थलमा अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेको छ । साथै तालिमप्राप्त कुकुरसहितका सुरक्षाकर्मीहरुले विमानस्थलमा सर्च गरिरहेका छन् ।
अज्ञात व्यक्तिले आज बिहान टेलिफोन गरी डोमेस्टिक टर्मिनलमा ५,६ वटा बम रहेको भनेपछि यात्रुहरु सबैलाई बाहिर निकालेर सर्च अपरेसन जारी राखेको विमानस्थलले जनाएको छ । उता अन्तर्राष्ट्रिय उडानहरु भने जारी रहेका छन् ।










