बबण्डर मच्चिएपछि पाँच स्थानको निर्वाचन स्थगित

काठमाडौं । आज देशैभरी भएको स्थानिय तह निर्वाचनमा पाँच स्थानको निर्वाचन स्थगित भएको छ ।

काभ्रेको पाँचखाल नगरपालिका-१३, रामेछापको खाँडादेवी-१ राँकाथुम, रौतहटको फतुवा विजयपुर नगरपालिकाको शितलपुर मतदान केन्द्र, सप्तरीको डाक्नेश्वरी नगरपालिकाको- २ र जुम्लाको गुठीचौर गाउँपालिका–३ गज्याङमा निर्वाचन स्थगित गरिएको निर्वाचन आयोगले जनाएको छ । ति ठाउँहरुमा विभिन्न कारणबस विवाद उत्पन्न भएपछि आजका लागि निर्वाचन स्थगित गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार