
काठमाडौं । स्थानिय तह निर्वाचनको मतगणना आजै राती ८ बजेबाट सुरु हुने भएको छ । मतदान सकिएका स्थानमा आज ८ बजेबाट मतगणना कार्य प्रारम्भ हुने निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएका स्थानमा आज ८ बजेबाट मतगणना कार्य प्रारम्भ हुने र सम्पूर्ण मतगणनाको नतिजा ५ दिनभित्र सक्ने कार्ययोजना बनाइएको आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बताए। जेठ ५ गतेभित्र सबै निर्वाचनको काम सक्ने लक्ष्य समेत रहेको उनले बताए।
आज सम्पन्न स्थानीय तह निर्वाचनमा देश विभिन्न मतदान केन्द्रमा झडपका घटना समेत भएका छन् ।










