
स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिका वडानम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धनबाट काँग्रेसका इन्द्रबहादुर गुरुङ वडाध्यक्षमा विजयी भएका हुन् । उनले ८०४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मिलनराज श्रेष्ठले ५४२ मत प्राप्त गरे ।
त्यस्तै सदस्यमा गठबन्धनका तर्फबाट लक्ष्मी विक ८२३, देवीमाया दर्जी ८०९, तेजबहादुर थापा ७६५, प्रेमबहादुर मानन्धर ८०४ मतसहित विजयी भएको निर्वाचन अधिकृत घनश्याम सुवेदीले जानकारी दिए ।













