
लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका -१ मा गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमालेको प्यानलै विजयी भएको हुन् ।
एमालेका उम्मेदवार रुद्रमान गुरुङले ४ सय २२ मत ल्याएर वडाध्यक्ष जितेका हुन्। उनी यसअघि पनि वडाअध्यक्ष थिए । उनका निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका कमल गुरुङले १ सय १७ मत प्राप्त गरेका छन् ।
त्यस्तै एमालेबाट महिला सदस्यमा पूर्णकाशी गुरुङले ३९५, दलित महिला सदस्यमा गंगामाया विकले ३८५, खुला सदस्यमा निर्मलजंग गुरुङले ३९० र हेमजंग गुरुङले ३८८ मत प्राप्त गरेर विजयी भएका छन् ।












