
ललितपुर । ललितपुर महानगरपालिकाको वडा नं–१ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार विजयी भएका हुन् । उनले ६६१ मत प्राप्त गरी विजयी हासिल गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका प्रतीस्पर्धी ध्रुवलाल तण्डुकारले ४२५ मत प्राप्त गरेका छन् ।










