
बझाङ । बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । एमालेबाट अध्यक्ष उम्मेदवार प्रकाश रोकाया २ हजार ७७४ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन् । उनका निटकतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कुलराज जोशीले २ हजार १ सय १३ र गठबन्धनका उम्मेदवार विनोद थापाले १२ सय ३ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका राम खाती ३ हजार १ सय ५० मत प्राप्त गर्दै विजयी भएका छन् । उनकी प्रतिस्पर्धी एमालेकी मीरा रावलले २ हजार ५ सय ८७ मत प्राप्त गरिन।
यस्तै, वडा नम्बर-१ मा माओवादीका रवीन्द्र जोशी, २ मा एमालेका रवीन्द्र खाती, ३ मा माओवादीका प्रकाश भण्डारी, ४ मा कांग्रेसका रामचन्द्र जोशी, ५ मा कांग्रेसका नरबहादुर खाती, ६ मा नेकपा एकिकृतका अनिलकुमार विष्ट, वडा नम्बर ७मा एमालेका किस्ने सार्की र ८ मा एमालेका कविराज जोशी विजयी भएका छन् ।












