
खोटाङ । देशकै राजधानी काठमाडौंको महनगरपालिकाको मयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेल साहको देशव्यापी चर्चा भइरहेको छ । एकथरीले उनलाई विजेता नै घोषणा गरिसेका छन् । मत गणना सुरु भएदेखि नै बालेनले अग्रता कायमै राखेका कारण पनि उनका सर्मथक जित्नेका ढुक्क छन् । तर, बालेनकै जित र हारलाई दावी गर्दै खोटाङमा खसी बाजी लगाइएको छ ।
खोटाङको मझुवागढी नगरपालिका वडा नं-५ का विजय फुँयाल र सोही ठाउँका रमेश खड्काले सांछीसहित कागज नै गरेर २८ किलो खसीको बाजी राखेका हुन्। बालेनले मेयर पदमा जिते रमेशले विजयलाई २८ किलोको खसी दिने र नजितेमा विजयले उक्त खसीको मूल्य बराबरको रकम दिने सहमति भएको छ।
हेर्नुहोस बाजी राखिएको कागज








