दार्चुलाको नौगाढ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी

दार्चुला । दार्चुलाको नौगाढ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका उम्मेदवार दलजित धामी निर्वाचित भएका हुन् ।

उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार प्रेमसिंह धामीलाई ५०६ मत अन्तरले हराएका छन् । मत परिणमअनुसार अध्यक्ष धामीले ३ हजार ७८३ मत प्राप्त गरे भने प्रेमसिंहले ३ हजार २ सय ७७ मत पाए ।

उपाध्यक्ष पदमा नेपाली कांग्रेसका जगतसिंह ठगुन्ना ३ हजार ९५६ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी गौरीदेवी ठगुन्नाले २ हजार ९५२ मत पाइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार