
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको प्रारम्भिक मतपरिणाम आफु अनुमुल नआएपछि नेकपा एमाले अत्ताल्लिएको टिप्पणी गरेको छ । एमालेले विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचनमा धाँधली भएको बताएको थियो। त्यसकै जवाफमा कांग्रेसले आज विज्ञप्ति जारी गर्दै प्रारम्भिक मत परिणामबाट एमाले अत्तालिएको बताएको हो ।
‘निर्वाचनमा नेपाली कांग्रेस र गठबन्धनमा सहभागी अन्य दलहरुको पक्षमा आएको परिणाम र देशभरका पालिकामा मत गणनाको प्रारम्भिक नतिजाको प्रवृत्ति (रुझान) ले नेकपा (एमाले) अत्तालिएको हामीले पाएका छौ’, कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतद्धारा जारी विज्ञप्तिमा भनिएको छ।
निर्वाचनमा निर्वाचन आयोग, सुरक्षाकर्मी लगायतले निर्वाह गरेको जिम्मेवारीमाथि एमालेले धाँधली भयो भन्नु गैरजिम्मेवारीपनको पराकाष्ठा भएको काँग्रेसको गहर छ ।
‘निर्वाचनको परिणाम आफूले दावी गरेजस्तो नआएपछि निर्वाचनको सम्पूर्ण चाँजोपाँजो मिलाउने निर्वाचन आयोग, आयोगको माग र खटनपटन अनुसार काम गर्ने राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीले निर्वाह गरेको जिम्मेवारीलाई लिएर सरकारलाई योजनाबद्धरुपमा धाधली गर्यो भन्नु गैरजिम्मेवारीपनको पराकाष्ठा हो’ ,जारी विज्ञप्तिमा भनिएको छ ।
स्थानिय तह निर्वाचनका सम्बन्धमा एमालेद्धारा नेपाल सरकार र सत्ता गठबन्धनप्रति लगाएको आरोपप्रति गम्भिर ध्यानाकृष्ट भएको समेत विज्ञप्तिमा उल्लेख छ ।
३० वैशाखमा स्थानीय तह निर्वाचन भएपछि एमाले अध्यक्ष ओलीले विज्ञप्ति जारी गर्दै निर्वाचन निष्पक्ष गर्न प्रमुख भूमिका खेल्ने निर्वाचन आयोग, आयोगद्धारा परिचालित राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबैलाई धन्यवाद दिएको तर पछि नतिजा आफ्नो पक्षमा नआएपछि धाँधली भएको आरोप लगाएको कांग्रेसको भनाइ छ ।
‘नेकपा (एमाले) का अध्यक्ष के।पी।शर्मा ओलीले बैशाख ३० गते निर्वाचन सम्पन्न भएपछि जारी गर्नुभएको विज्ञप्तिमा समेत निर्वाचन निष्पक्ष गर्न प्रमुख भूमिका खेल्ने निर्वाचन आयोग, आयोगद्धारा परिचालित राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबैलाई धन्यवाद दिनुभएको छ । तर, निर्वाचनको परिणाम आफूले दावी गरेजस्तो नआएपछि निर्वाचनको सम्पूर्ण चाँजोपाँजो मिलाउने निर्वाचन आयोग, आयोगको माग र खटनपटन अनुसार काम गर्ने राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीले निर्वाह गरेको जिम्मेवारीलाई लिएर सरकारलाई योजनाबद्धरुपमा धाधली ग¥यो भन्नु गैरजिम्मेवारीपनको पराकाष्ठा हो’, विज्ञप्तिमा उल्लेख छ ।










