अस्पतालको बेडबाटै आयो प्रधानमन्त्री ओलीको यस्तो वक्तव्य

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अस्वस्थताका बिषयमा केहि डिजिटल मिडियामा आएका तथ्यहिन समाचारप्रती दुख ब्यक्त गरेका छन् । साथै त्यस्ता भ्रामक प्रचारबाट प्रभावित नहुन सबैमा आग्रह समेत गरेका छन् ।

एक्कासी स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीले मंगलबार अस्पतालबाटै एक वक्तव्य जारि गर्दै आफ्नो स्वास्थ्यप्रति देखाएको चिन्ता र स्वास्थ्यलाभको कामनाका लागि सबैलाई धन्यवाद समेत दिएका छन् ।

प्रधानमन्त्री ओलीद्धारा जारि वक्तव्यमा भनिएको छ, “सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाबारे गरिएको आधारहीन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारबाजी मलाई जानकारी छ । यसप्रकारको भ्रमक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु ।”

धर्म संस्कृती र दलिय वहशको नाममा हुने अपराधिक कृयाकलाप आफुलाई मान्य नहुने र त्यस्ता मा संलग्नलाई कारवाही हुने जारि वक्तव्यमा उल्लेख छ ।

प्रधानमन्त्री ओली सोमबार विहान साढे ४ बजे शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

अहिले शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीलाई छातीमा संक्रमण देखिएको छ भने शरीरमा चिनीको मात्र असन्तुलित देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । अस्पतालका अनुसार उनलाई छिट्टै डिस्र्चाज गरिनेछ ।

प्रधानमन्त्रीद्धारा जारि वक्तव्य

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार