कंचनपुरको बेलडाडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी


कंचनपुर । कंचनपुरको बेलडाडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसले बाजी मारेको छ। काँग्रेसबाट अध्यक्षमा उम्मेदवार हरिशचन्द्र राना र उपाध्यक्षमा शान्ति नाथ विजयी भएका हुन् ।

रानाले ४ हजार १ सय ३ मत प्राप्त गर्दै विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अक्कलबहादुर विष्टले २ हजार ३ सय १ मत प्राप्त गरे । माओवादी केन्द्रका इश्वरीदत्त भट्टले १ हजार १६३ मत प्राप्त गरे।

त्यस्तै उपाध्यक्षमा कांग्रेसकै शान्ति नाथ ३ हजार ६७३ मत ल्याएर विजयी भइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी फुलदेवी रानाले ३ हजार २७ मत पप्त गरिन । माओवादीबाट उपाध्यक्षकी कल्पना गिरीले ९७१ मत पाइन् ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार