कंचनपुरको लालझाडी गाउँपालिकाको अध्यक्षमा एमालेका निर्मल राना विजयी


कंचनपुर । कंचनपुरको लालझाडी गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी भउको छ । एमालेका उम्मेदवार निर्मल रानाले ४ हजार ५१६ मत प्राप्त गर्दै विजय हासिल गरेका छन् भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका निर्वतमान अध्यक्ष मदनसेन वडायकले २ हजार ८५८ र नेपाली काँग्रेसका श्रीकष्ण रानाले २ हजार ४६८ मत प्राप्त गरेका छन् ।

पालिका उपाध्यक्षमा एमालेलबाटै सपना चौधरीले ३ हजार ५६१ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् ।

उनका प्रतिस्पर्धी काँग्रेसका राधा रानाले ३ हजार ४९३ र माओवादीकी सत्यदेवी महराले २ हजार ७३२ मत प्राप्त गरे । सत्यादेवी पालिकाकी निर्वतमान उपाध्यक्ष हुन् ।

६ वडा रहेको लालझाडीमा ३ वडा एमाले, २ वडा माओवादी र १ वडा काँग्रेसले जितेको छ।

मत नतिजा अनुसार वडा ६ मा नेपाली काँग्रेसका हर्कनारायण जोशी प्यानसहित निर्वाचित भए । वडा ५ मा एमालेका पहलबहादुर थापा प्यानलसहित, वडा ४ मा माओवादीका बहादुर राना प्यानलसहित, वडा ३ मा माओवादीकै टिकाराम चौधरी (डँगौरा) प्यानलसहित, वडा २ मा एमालेका आशाराम राना प्यानसहित र वडा नम्बर १ मा एमालेका प्यारेलाल राना प्यानलसहित विजयी भएका छन् ।

१४ हजार १६ मतदाता रहेको लालझाडीमा ११ हजार ३३५ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार