
बैतडी । बैतडीको मेलौली नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका भीमबहादुर चन्द र उपमेयरमा नेपाली कांग्रेसकी पार्वती बोहरा विष्ट निर्वाचित भएका छन् । माओवादीका चन्दले ३ हजार ९६ मत ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका जगदीश सिंह नायकले २ हजार ३७६ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा निर्वाचित कांग्रेसकी विष्टले २ हजार ९२७ मत प्राप्त गरिन भने एमालेकी हेमन्ती नायकले २ हजार ४०८ मत पाइन् ।












