कंचनपुरको बेलौरी नगरपालिका-८ मा माओवादीका बिश्राम राना निर्वाचित

कंचनपुर । कंचनपुरको बेलौरी नगरपालिका-८ मा माओवादी केन्द्रका बिश्राम रानाले वडाध्यक्षमा निर्वाचित भएका छन् । एमालेको गढका रुपमा रहेको सो वडामा रानाको प्यानलै विजयी भएको छ । रानाले एमालेका गजेन्द्र चन्दलाई ५ सय ३८ मतको अन्तरले पराजित गरेका छन् । रानाले १ हजार ३४० मत प्राप्त गरेका हुन भने उनका प्रतिस्पर्धी चन्दले ८०२ मत पाएका छन्। यस्तै काँग्रेसका उम्मेदवार मदन सिह ऐरीले ३११ मत पाए।

यो वडासंगै माओवादीले बेलौरी नगरपालिकामा वडा १, ८, १० वडाहरु जितेको छ भने एमालेले २, ३ र काँग्रेसले १ वडा जितेको छ । मत गणना हुन बाँकी ४, ५, ६ र ७ वडा रहेका छन।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार