विप्लवको वडामा माओवादी केन्द्रको प्यानलै विजयी, विप्लव तेस्रो

कपिलवस्तु । नेत्रविक्रम चन्द (विप्लव) समुहको घर रहेको कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । माओवादीका राम गोपाल चौधरी (थारु) ले ७ सय ८२ मत प्राप्त गर्दै प्यानलसहित वडाध्यक्षमा विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका अशोक मल्लले ५ सय ५६ मत प्राप्त गरे । सो वडामा विप्लव नेतृत्वको नेकपाबाट स्वतन्त्र उम्मेदवारी दिई पुतली चुनाव चिह्न पाएका माल बहादुर घर्तिमगरले ५ सय १७ मत प्राप्त गर्दै तेस्रो भए ।

वडा सदस्य तर्फ माओवादी केन्द्रका जोख बहादुर पुन र राम नरेश थारुले निर्वाचन जित्दा विप्लवका स्वतन्त्र उम्मेदवार रमेश चौधरी र विजयविक्रम शाह तेस्रो भए । त्यसैगरी माओबादी केन्द्रकी लक्ष्मी भट्टराईले महिला सदस्य जित्दा विप्लव नेतृत्वको नेकपाकी स्वतन्त्र उम्मेदवार सविता कुमारी घर्ति दोस्रो बनिन् ।दलित महिला सदस्य तर्फ माओवादी केन्द्रकै सरिता विकले चुनाव जित्दा एमालेकी फुलमाया सुनार दोस्रो र नेकपाकी स्वतन्त्र उम्मेदवार शान्ति दमाई तेस्रो भइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार