कंचनपुरको दोधारा चाँदनी नगरपालिका–७ मा श्रीमान्–श्रीमती नै विजयी

 

कंचनपुर । कंचनपुरको दोधारा चाँदनी नगरपालिका–७ मा श्रीमान् – श्रीमती नै विजयी भएका छन् । वडा सदस्य पदमा विजयी हुनेमा श्रीमान् – श्रीमती सन्दीप उपाध्याय र कमला उपाध्याय रहेका छन् । फरक-फरक पार्टीबाट चुनाव लडेर उनिहरु विजयी भएका हुन्।

सन्दीप नेकपा एमाले बाट र कमला नेपाली काँग्रेसबाट वडा सदस्य पदमा चुनाव लडेका थिए। सन्दीपले ७५५ र कमलाले ७९२ मत प्राप्त गेका छन् । फरक फरक पार्टी भएपनि त्यसले आफुहरुको सम्बन्ध र परिवारमा कुनै असर नपरेको उनिहरुको भनाई छ । दुवै जना मिलेर वडावासीको हितमा काम गर्ने उनिहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार