
काभ्रे । खानीखोला गाउँपालिका काभ्रेको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा काँग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार इन्द्रबहादुर थिङ छिन्ताङ र उपाध्यक्षमा काँग्रेसका दोर्जेमान जिम्बा विजयी भएका हुन् ।
अध्यक्ष छिन्ताङले एमालेका उम्मेदवारलाई १ हजार ३३० मतले हराएर ४ हजार ४८५ मतका साथ विजयी भएका हुन् ।यस्तै उपाध्यक्षमा काँग्रेसका दोर्जेमान जिम्बाले एमालेका उम्मेदवारलाई पराजित गर्दै विजय हासिल गरेका हुन् ।
अध्यक्षमा निर्वाचित थिङ माओवादी केन्द्र बागमती प्रदेशका सचिव इन्द्रबहादुर हुन् भने जिम्बा कांग्रेस खानीखोला गाउँपालिकाका सभापति हुन् ।










