बर्दियाको बढैयातालको अध्यक्षमा माओवादी विजयी


 बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी भएकाृ छ।

अध्यक्षमा माओवादीका हिमाल त्रिपाठी ९ हजार ३६७ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लालबहादुर श्रेष्ठले ८ हजार ३०८ मत पाए । यस्तै नेपाली कांग्रेसका भगतबहादुर नेपाली ६ हजार ५५० मत पाए । राप्रपाका चुडामणि पौडेलले १७७, स्वतन्त्र उम्मेदवार देवेन्द्रले ११ र अर्का स्वतन्त्र उम्मेदवार दामोदर वास्तोलाले ९ मत पाए ।

यस्तै, उपाध्यक्षमा भने एमालेकी लक्ष्मीकुमारी अधिकारी ८ हजार ८८५ मतका साथ विजयी भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी पवित्राकुमारी अर्यालले ८ हजार ३१५ मत पाइन् भने माओवादीकी कमला गुरुङले ६ हजार ७०२ मत ल्याइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार