राप्रपाले जित्यो ४ पालिकासहित ६४ वडा

काठमाडौं । स्थानीय तह निर्वाचनमा राजेन्दै लिङ्देन नेतृत्वको राप्रपाले अहिलेसम्म ४ पालिका र ६४ वडाहरु जितेको छ ।
निर्वाचन आयोगको तथ्यांकअनुसार राप्रपाले अहिलेसम्म ४ पालिका प्रमुख, ४ उपप्रमुख, ६४ वडाध्यक्ष र ३६७ जना वडा सदस्यमा विजयी भएको छ ।

आयोगकाअनुसार राप्रपाले पालिकाप्रमुख जितेका नगरहरुमा झापाको दमक नगरपालिकाको मेयरमा राम थापा, झापाके हल्दिबारी गाउँपालिका प्रमुखमा रवीन्द्र लिङ्देन, काठमाडौको शंखरापुर नगरको मेयरमा रमेश नापित, कपिलवस्तुको शिवराज नगरको मेयरमा अजय थापा विजयी भएका छन् । अघिल्लो स्थानीय तह निर्वाचनमा राप्रपाले २ पालिका जितेको जितेको थियो भने उपाध्यक्ष ५ स्थानमा जितेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार