संसदमा गगन थापाले भनेः ‘अहिले नेपाल मान्छे बेचेर मालसामान किन्ने देश भएको छ’

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले आयातले बढेकाले देशको अर्थतन्त्र सुधार हुन नसकिरहेको बताएका छन् ।
शुक्रबार व्यवस्थापिका संसद्मामा बोल्दै थापाले आयात बढेको बढेई र निर्यात घट्दै गइरहेकाले आर्थिक संकट बढ्नेतर्फ ध्यान दिनुपर्ने बताएका हुन् ।
उनले अहिले नेपाल मान्छे बेचेर मालसामान किन्ने देश जस्तो भएको बताए । एक सय रुपैयाँको मालसामान किन्दा हामी मुस्किलले ९ रुपैयाँ बराबरको मात्र सरसामान निर्यात गर्न सकिरहेको उनले उल्लेख गरे ।

अब अर्थतन्त्र जोगाउन निर्यातको वस्तुहरुको खोजि गर्नुपर्ने बेला आएको नेता थापाले बताए। आउँदो आर्थिक बर्षका लागि अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गरिरहेका बेला यसबारे गम्भिर भएर सोच्न उनले आग्रह समेत गरे ।

बजेट निर्माणको सवालमाउनले उत्पादन र निर्यात मात्र भनिरहेको तर आयातमा समेत चोरि पैठारीका कारण सोचे अनुरुपको कर संकलन हुन नसकेको महामन्त्री थापाले बताए । अहिले पनि लत्ताकपडा लगायतका फेन्सी आइटममा कुल आयातको ९० प्रतिशत भन्दा बढी भन्सार छलेर आउने गरेको उनले बताए । करछलीमा सरकार कडाईका साथ प्रस्तुत भएमा अर्थतन्त्रमा सुधार ल्याउन सकिने उनले बताए ।

उनले बजेट निर्माण गरिरहँदा अर्थमन्त्री नभएर उद्योगमन्त्री भइदिन अर्थमन्त्री शर्मालाई आग्रह समेत गरे। तीब्र रुपले आयात बढ्दा मुलुकमा गम्भिर अर्थिक संकट देखापर्ने भन्दै उनले उद्योग, कलकारखाना तथा उत्पादनलाई विशेष प्राथमिकता दिँदै निर्यातलाई ध्यान दिनुपर्ने सुझाव दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार