देउडाकी रानी डिक्रादेवीको काठमाडौंमा एकल देउडा गायन (भिडियोसहित)

जसले जिवनको नयां मोड लियो

काठमाडौं । देउडाकी रानी गायिका डिक्रदेवीको काठमाडौमा एकल देउडा गायन भव्यरुपले सम्पन्न भएको छ । शनिवार जमल काठमाडौंस्थित नाचघरमा ओयोजित उनको एकल देउडा गायनमा उनले थुर्पैै कर्णपृय देउडा गीत गाईन ।
कन्सेप्ट नेपालको आयोजना र रैथाने संगीत समुह काठमाडौको सह आयोजनामा डिक्रदेवीको एकल देउडा गायन सम्पन्न भएको हो ।

डिक्रदेवीले एकल गायनमा एक दशकपछि भर्खरै रेकर्ड गरेको देउडा गीत “सुवा काँ भागिग्या……. बोलको ठाडी गीत गाएर गायनको सुरुवात गरेकी थिईन । जुन गीत भिडियो सहित केहि दिनमा बजारमा आउने समेत उनले जानकारी दिईन ।

गीतबारे बोल्दै भनिन, “पत्रकार भाई केपी अनमोल मलाई खोज्दै मेरो घरमा आउनु भयो र उहाँले मलाई, ‘किन गीत संगीतबाट हराउनु भयो दिदी ‘! तपाई गीत गाउन चाहनुहुन्छ भने, म सहयोग गर्छु भन्नुभयो । अनि उहाँले गीत लेखे र मैले गाएकी हुँ । कसैले वास्ता नगरेका बेला अनमोल भाईले मलाई खोजेर मेरा लागी फेरि पनि गीत गाउने अवसर दिनुभयो, मलाई सबैले फेरि पनि माया र साथ दिनुहोला, म अझै अरु पनि गीत गाउने छुँ ।”

सम्पुर्ण जीवन सुदूरपश्चिमको लोक संगीतमा खर्चेकी डिक्रादेवी अवसर र आर्थिक अभावमा बिगत एक दशकदेखि गीत संगीतबाट टाढा थिईन ।

एकल गायनमा डिक्रादेवीले आफ्ना बिगतका अनुभव र संगीतबाटपछि पर्नुका बाध्यताहरु दर्शकहरुमाझ राख्दै उनले आधा दर्जन बढि कर्णपृय र मर्मस्पर्शी ठाडी देउडा गीत सुनाएकी थिईन । केहि देउडा गीतमा गायिका झुमा लिम्बुले डिक्रदेवीलाई साथ दिएकी थिईन ।

जसले हलमा भएका सयौं दर्शकहरु उनको कर्णपृय जादुमय स्वरमा मन्त्रमुग्ध भएका थिए ।
कार्यक्रममा डिक्रादेवीका श्रीमान बरिष्ठ सारँगींबादक किथ्या वादीले पनि सारँगी रेट्दै गीत गाएका थिए । दुबै श्रीमान श्रीमतीले कार्यक्रममा दर्शकहरुलाई हँसाउदै गाएका रमाइला देउडा दोहरी गीतले दर्शकहरु खुब रमाएका थिए साथै उनको प्रस्तुतीमा दर्शकहरुले “वान्स मोर” भन्दै प्रसंशा गरेका थिए ।
उनिहरुको गायनमा शम्भु बानियाँ, हरि गुरूङ, पारसमणि सुवेदी, कृष्ण साउँदेन लिम्बु र सञ्जीब मैनालीले बाध्यबादनमा साथ दिएका थिए।

नगद सहित सम्मान
बरिष्ठ लोक देउडा गायिका डिक्रदेवीलाई उनको एकल गायन कार्यक्रममा आयोजक कन्सेप्ट नेपालले पचास हजार सहित कदरपत्रले सम्मान गरेको छ । संगीतकार बुलु मुकारूङले कदरपत्र र कवि श्यामलले डिक्रादेवीलाई नगद हस्तान्तरण गरेका थिए ।

कार्यक्रम हेर्नका लागि निशुल्क प्रवेशको ब्यवस्था गरिएको डिक्रादेवीको एकल गायनमा उनलाई आर्थिक सहयोग भन्दै दर्शकबाट करिब ४५ हजार रुपैयाँ आर्थिक सहयोग जुटेको आयोजकले जनाएको छ ।

कार्यक्रमलाई सहयोग
डिक्रादेवीको एकल देउडा गायन कार्यक्रम आयोजनाका लागि विभिन्न ब्यक्ती तथा संघ सस्थाहरुले सहयोग गरेका थिए । जसमा रैका टुर्स एण्ड ट्रवल्सका प्रबन्ध निर्देशक अमरबहादुर शाही, हिमाल डेण्टल अस्पतालका अध्यक्ष डा. राजेन्द्र भट्ट, मनास्लु पदमार्गका अभियन्ता लाक्पा ढुण्डुप लामा, प्रगतिशील युवा सशक्तिकरण केन्द्र जिरीका अध्यक्ष लिलाराम खड्का त्यसैगरि, रसुवा ट्रेक्सका सञ्चालक गगनराज न्यौपाने, कैलाली विद्या निकेतन धनगढीका संस्थापक प्रिन्सिपल टोपेन्द्र शाह, दमौलीका गीतकार सागर उदास, चैतन्य इन्स्टिच्यूट अफ म्यानेजमेन्ट शंखमुलका सिइओ गणेश जोशी, सिद्धार्थ विद्यापिठ गठ्ठाघरकी प्रिन्सिपल दीपिका रिमाल थापा, हिमालय मिलन मावि ताङतिङका प्रधानाध्यापक ओमप्रकाश गुरुङ, करबाकेली इको ट्रेकका अभियन्ता चामबहादुर पुन, डोट्याली गीतकार हर्क साउँद, द आर्ट ग्लो साइन प्रा।लि। सोह्रखुट्टेका प्रमुख कृष्णगोपाल श्रेष्ठ लगायतका रहेका थिए ।

डिक्रादेवीको उपचार पनि निशुल्क हुने
आर्थिक अभावले लामो समयदेखि बिरामी समेत रहेकी गायिका डिक्रादेवीको सम्पुर्ण उपचार खर्च पनि अरुले नै ब्यवहोरी दिने भएका छन ।
उनको एकल गायन कार्यक्रममा सहभागी गीतकार हर्क साउँदले उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोरिदिने घोषणा गरेका हुन।
त्यसैगरि, शिषेश डिजीटल रेकर्डिङ स्टुडियो अनामनगरकी संचालिका तथा गायिका शोभा थापाले डिक्रदेवीका लागि एउटा गीतको अडियो भिडियो निशुल्करुपमा गरिदिने घोषणा गरेकी थिईन ।

सुदूरपश्चिमका कलाकारहरुले पनि गरे सम्मान


गायिका डिक्रदेवीको एकल देउडा गायनमा सहभागि भएका सुदूरपश्चिमका कलाकारहरुले पनि खादा ओढाउदै अग्रज कलाकार तथा देउडा गायिका डिक्रादेवीलाई सम्मान गरेका छन ।
कार्यक्रममा उपस्थित भएका लोक तथा देउडा गायक नन्दकृष्ण जोशी, महेश औजी, शोभा थापा, पुष्पा बोहरा, दिपा रोकाया, गायक तथा मोडल चक्र बम, गायिका निरुता खत्री, ललिता थापा, मोडल शेर साउँद लगायकका कलाकारहरुले खादा ओढाउदै गायिका डिक्रादेवीलाई सम्मान गरेका थिए ।

भिडियो हेरौं

First Interview of Dikradevi

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार