सत्तारुढ विद्यार्थी संगठनहरूद्धारा आयल निगम घेराउ, मूल्यवृद्धि फिर्ताको माग

काठमाडौं । सत्तारुढ विद्यार्थी संगठनहरूले आयल निगम घेराउ गरेका छन् । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता गर्नु पर्ने माग गर्दै संयुक्त विद्यार्थी संगठनले आज निगम घेराउ गरेका हुन् ।

सत्तारुढ विधार्थी संगठनहरु नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी लगायतमा आवद्ध दर्जनौं विद्यार्थीहरूले निगमअगाडी मूल्य वृद्धि खारेज गर्नुपुर्ने माग राखेका छन् । उनिहरुले निगमको निर्देशकको राजीनामा समेत मागेका छन् ।

सरकारले सातामै दुई पटक इन्धनको मूल्यमा भारी वृद्धि गर्दा सर्वसाधारणहरु मर्का परेको भन्दै उपभोक्ताहरु पनि आन्दोलित भएका छन् ।

मृल्यवृद्धि अनुसार पेट्रोल, डिजल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपी ग्याँसको मूल्य सिलिन्डरमा २०० रुपैयाँले बढेको छ।

जसअनुसार अब एक लिटर पेट्रोलको रु. १८० तिर्नुपर्नेछ भने मट्टीतेल र डिजलको प्रतिलिटर रु. १६३ रुपैयाँ र ग्यासको १८ सय रुपैयाँ तिर्नुपर्नेछ । सरकारले करमा वृद्धि गर्दा इन्धनको मुल्य अस्वभाविक रुपले वृद्धि भएको जानकारहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार