निजगढ विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्चद्धारा बदर


काठमाडौं । सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारी निर्णय बदर गरेको छ । बरिष्ठ अधिवक्ता प्रकाशमणी शर्मा, पूर्वसचिव रञ्जुहजुर पाँडे क्षेत्री, आनन्द भण्डारी लगायतले २ वर्षअघि दिएको रिटमा विहिबार फैसला गर्दै सर्वोच्चको बृहत् इजलासले निजगढमा विमानस्थल बनाउने सरकारी निर्णय बदर गरेको हो।

न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले निर्णय खारेज गरी उपयुक्त अरू ठाउँ खोजेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन परमादेश जारी गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए।गरिदिएको हो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार