राजनीति फोहोरी खेल भन्दै युवामाथि भरोसा गर्नुलाई चुनौतिका रुपमा लिएकी छुँ-उपमेयर सुनिता

'शासक होइन सेवक भएर काम गर्ने प्रण गर्छु'

काठमाडौं । काठमाडौं महानगरपालिकाको नवनिर्वाचित उपमेयर सुनिता डंगोलले आफु शासक नभई जनताको सेवक भएर काम गर्ने बताएकी छन् । मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै उनले काठमाडौंवासीले युवाप्रति ठेलो भरोसा राखेर विजयी गराएप्रति धन्यवाद दिदैं जनताको विश्वासलाई शिरमा राखेर काम गर्ने प्रण समेत गरेकी छन् ।

‘युवाप्रति अथाह भरोसा गरेर काठमाडौँ जस्तो महत्वपूर्ण महानगरपालिकामा काठमाडौँ महानगरवासी मतदाताले मलाई विजयी गराउनु भएको छ । त्यसैले यो तपाईंहरुको विश्वासलाई शीरमा राख्दै शासक होइन सेवक भएर काम गर्ने प्रण पनि व्यक्त गर्न चाहन्छु’, उनले बताएकी छन् ।

निर्वाचनमा जित हारको मनोविज्ञानलाई त्यागेर अब काठमाडौँ महानगरको विकास र समृद्धिका लागि सहकार्य, सहमति र सहअस्तित्वको सिद्धान्तलाई अघि बढाउने समेत उनको भनाई छ ।

‘जित–हारको मनोविज्ञानलाई त्यागेर अब काठमाडौँ महानगरको विकास र समृद्धिका लागि सहकार्य, सहमति र सहअस्तित्वको सिद्धान्तलाई अघि बढाउने प्रण पनि व्यक्त गर्न चाहन्छु’, उनको धन्यवाद ज्ञापनमा भनिएको छ।

राजनीतिलाई फोहोरी खेल भन्दै निरास बनेका युवाहरुले आफु जस्ता युवामाथि भरोसा गर्नुलाई आफुले थप चुनौतिका रुपमा लिएको उपमेयर डंगोलको भनाई छ ।

उनले भनेकी छन्, ‘राजनीतिलाई फोहोरी खेल भन्दै निरास बनेका युवाहरुको मनोविज्ञानले पनि आशाको दियो बाल्दै हामी जस्ता युवामाथि भरोसा गर्नुलाई मैले थप चुनौतिका रुपमा लिएकी छु । अहिले नगरे कहिले गर्ने रु युवाहरुले नगरे कस्ले गर्ने रु भन्ने मनोविज्ञान पनि यो निर्वाचनमा प्रखर बनेको अनुभूति मैले गरेकी छु । त्यसैले युवाहरुको त्यो मनोभावनालाई समेत प्रतिनिधित्व गर्दै उहाँहरुको आशाको दियो मर्न नदिने प्रण गर्न चाहन्छु, ।

भिडियो पनि हेरौं

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार