कबड्डी ४ की नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका लामा धरौटीमा रिहा


काठमाडौं । नेपाली चलचित्र कबड्डी-४ कि नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका बौद्ध भिक्षु फुर्वा लामा तामाङ धरौटीमा रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा मुगुको मुगूम कार्मारोङ गाउँपालिका-२ घर भएका २४ वर्षीय तामाङलाई आज तीन हजार रुपैयाँ धरौटी तिराएर रिहा गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनलाई बौद्ध भिक्षुहरुको रहोबरमा रिहा गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

भिक्षु लामाले काठमाडौं सुन्धारास्थित सिभिल मलको कफी सपमा आफूमाथि दुर्व्यवहार गरेको भन्दै नायिका मगरले प्रहरीमा उजुरी दिएपछि उनि पक्राउ परेका थिए । कबड्डी ४ को प्रमोशनका लागि सिभिल मलस्थित हलमा जाँदा भिक्षु तामाङले पछाडीबाट छुँदै अभद्र व्यवहार गरेको नायिका मगरको आरोप थियो । दुव्र्यहारपछि आक्रोशित उनले तामाङलाई थप्पड समेत हानेकी थिइन्। जुन घटनाका भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

भिक्षु लामालाई रिहा गर्नु पर्ने भन्दै काठमाडौंका केहि ठाउँहरुमा प्रर्दशन समेत भएका थिए। विवाद समाधानका लागि कबड्डी ४ को निर्माता पक्ष र आरोपित व्यक्तिका आफन्तबीच आज बिहान छलफल समेत भएको थियो।

भिडियो पनि हेरौं

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार