बतास समूहले पशुपति धर्मशालामा होटल सञ्चालन गर्ने बाटो बन्द,अदालतले दियो यस्तो आदेश


काठमाडौं । बतास समूहलाई पशुपति धर्मशालामा होटल सञ्चालन गर्ने बाटो बन्द भएको छ । आज काठमाडौं जिल्ला अदालतले गत चैत २५ गते बतास समूहको पक्षमा आएको अन्तरकालीन आदेशलाई बदर गरिदिएपछि बतासलाई होटल खोल्ने बाटो बन्द भएको हो।

यसअघि भएको अन्तरकालीन आदेशलाई अदालतले बदर गरिदिएको छ । अदालतका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले यसअघि काठमाडौं जिल्ला अदालतले नै गत चैत २५ गते बतास समूहको पक्षमा दिएको अन्तरकालीन आदेश बदर गरेको हो ।

यसअघि पशुपति क्षेत्र विकास कोषले करार भंग भएको भन्दै होटल सञ्चालन गर्न नदिएपछि बतास समूह अदालत पुगेको थियो । जिल्ला अदालत काठमाडौंले होटल सञ्चालन गर्न बतास समूहलाई अवरोध नगर्न अन्तरकालीन आदेश दिएको थियो ।

सो अन्तरकालीन आदेशविरुद्ध पशुपति क्षेत्र विकास कोषले दिएको निवेदनको आज सुनुवाई भएको हो ।

अदालतको आदेश पढ्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार