बजेटले आर्थिक संकट र मूल्यवृद्धि रोक्न सक्दैन्- अध्यक्ष लिङदेन


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङदेन अहिलेको बजेटले आर्थिक संकट र मूल्यवृद्धि रोक्न नसक्ने जिकीर गरेका छन् ।प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलमा सहभागी हुँदै अध्यक्ष लिङदेनले बजेट आगामी निर्वाचनलाई लक्षित गरेर मात्रै ल्याइएकाले आर्थिक संकट र मूल्यवृद्धि रोक्न नसक्ने जिकीर गरेका हुन् ।

उनले बजेटले आम मानिसको जीवन परिवर्तन गर्न नसक्ने समेत बताएका छन् । अध्यक्ष लिङ्देनले यो बजेटको स्रोत र यसको कार्यान्वयनका आधारहरु स्पष्ट नभएको दावी समेत गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार