प्रचण्डले निर्वाचित जनप्रतिनिधिलाई भनेः जनताले माओवादी चिन्ने भनेकै तपाईहरुबाट हो 

काँग्रेसमा पनि एमालेको जस्तै अहंकार चुलियो भने त्यही हभिगत हुनेछ

काठमाडौंं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानिय सरकारका प्रतिनिधिको अनुहारमा जनताले माओवादी हेर्ने बताएका छन् ।

आज पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई सरकार सञ्चालनबारे काठमाडौमा दुईदिने प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादीबाट स्थानिय तहमा निर्वाचित प्रमुख, उपप्रमुखलाई नै सिंगो माओवादी भनेर जनताले चिन्ने भएकाले इमानदार भएर जनताको पक्षमा काम गर्न निर्देशन दिएका छन् ।

जनताले चिन्नका लागि अहिले माओवादीसंग जनमुक्ती सेना, मिलेसिया र जनसरकार नभएकाले निर्वाचित जनप्रतिनिधिबाट नै माओवादी चिनिने हुँदा सोहिअनुसार काम गर्नुपर्नेमा प्रचण्डले जोड दिए ।

‘अहिले जनताले माओवादी चिन्ने भनेको अब जनमुक्ती सेना छैन्, मिलेसिया पनि छैन् र जनसरकार भनेर स्थानिय सरकार पनि छैन् । जसलाई जनताले प्रत्यक्ष देख्थे, हेर्थे र, ‘हो, माओवादी यो चांही हो’ भनेर बुझ्थे । अहिले त त्यो केहि पनि छैन् । अहिले अब तपाईहरु हुनुहुन्छ, जनप्रतिनिधि । जनताले एक ढंगले, एक हदसम्म भरोसा र विश्वास गरेर तपाईहरुलाई अगाडी सारेका छन् र जनताले अब हेर्दा तपाईहरुको अनुहारमा हेर्छन् माओवादी’, प्रचण्डले भने ।

महानगर, पालिकाका प्रमुख / उपप्रमुख र अध्यक्ष / उपाध्यक्षलाई नै जनताले माओवादी भनेर चिन्ने प्रचण्डको भनाई छ ।

जनताले जनप्रतिनिधिहरुलाई नजिकबाट हेरिरहने भएकाले इमान्दार भएर जनताको पक्षमा काम गर्न प्रचण्डले आग्रह गरे । अध्यक्ष प्रचण्डले पार्टीबाट स्थानित तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई भ्रष्टाचार नर्गन पनि कडा निर्देशन दिएका छन् । पछिल्लो समय माओवादी पनि अन्य पार्टी जस्तै भएकाले आफ्नो पहिचान जोगाउनु चुनौती भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाई थियो ।

नेता तथा कार्यकर्ताहरु ब्यवहारीक रुपमा जनताका सेवक नभई साशकको शैलीमा परिर्बतन भइरहेकाले माओवादीलाई आफ्नो पहिचान जोगाउन संकट परिरहेको प्रचण्डको भनाई छ ।

पार्टीमा ब्यक्तीवाद र स्वार्थ हावी हुँदै गएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा प्रचण्डले जोड लिए । माओवादीप्रति जनताको अझै ठुलो भरोसा रहेकाले सबैले आत्मसमिक्षा गर्दै जनताको भरोसा मर्न नदिन प्रण गर्नुपर्ने उनको भनाई छ । अध्यक्ष प्रचण्डले माओवादीले जितेका स्थानिय तहलाई लाल किल्लाका रुपमा परिणत गर्नेगरी जनतको पक्षमा काम गर्न जनप्रतिनिधिलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले नेपाली काँग्रेस पनि एमाले जस्तै ‘अहंकारी हुने त होइन’ भनेर आशंका व्यक्त गरेका छन् ।
स्थानीय तह निर्वाचनपछि कतिपय काँग्रेसका नेताहरुमा अहंकार देखिन थालेकाले त्यसबारे आफु सचेत रहेको उनको भनाई थियो । उनले एमालेसँग पनि गठबन्धन र पार्टी एकता राम्रो उद्देश्यका लागि गरिएको भएपनि केपी ओलीको अहंकारले त्यो नटिकेको उनले प्रष्ट पारे।
अहिले काँग्रेस पनि त्यस्तै होला कि भन्ने डर पैदा भएको प्रचण्डले बताए ।

काँग्रेसमा अहंकार बढेर ‘माओवादी केहि होइन पाखा लगाउँछौं’ भन्यो भने एमालेकै हभिगत गरिदिने प्रचण्डको चेतावनी पनि थियो ।

प्रचण्डले भने, ‘हामी चिन्तित छौ यतिबेला । फेरि काँग्रेस पनि एमाले जस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही होइन, स्थानीयमा पनि घेरा लाइयो अब प्रदेश र संघको चुनावमा पनि लाउने भन्यो भने एमालेलाई ठेगान लाएजस्तै काँग्रेसलाई पनि लगाउने दिन नआओस्।’

भिडियो पनि हेरौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार