माओवादीलाई पहिलो पार्टी बनाउने योजनाका साथ सक्रिय हुन जनप्रतिनिधिलाई प्रचण्डको निर्देशन


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादीलाई पहिलो पार्टी बनाउने योजनाका साथ सक्रिय हुन नवनिर्वाचित जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।

दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन काठमाडौंमा आएका पालिकाका प्रमुख / उपप्रमुख, अध्यक्ष / उपाध्यक्षहरुलाई अध्यक्ष प्रचण्डले यस्तो निर्देशन दिएका हुन् । प्रचण्डलाई भेट्न खुमलटारस्थित निवासमा पुगेका कर्णाली प्रदेशका निर्वाचित प्रतिनिधिहरुलाई उनले माओवादी पहिले पार्टी हुनेगरी योजनासहित आजैदेखि लाग्न निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएकोछ ।

जनप्रतनिधिसंगको भेटघाटमा अध्यक्ष प्रचण्डले कर्णालीमा स्थानीय चुनावको परिणाम माओवादीले अपेक्षा गरे अनुसारको नभएको र आगामी दिनमा पहिलो पार्टी बनाउन आजैदेखि योजनावद्ध रुपमा लाग्न निर्देशन आएको माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीले बताइन् । कर्णाली प्रदेशलाई माओवादीले आफ्नो उद्गम र पकड थलोका रुपमा लिंदै आएको छ ।

भिडियो पनि हेरौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार