प्रचण्डको चेतावनीपछि काँग्रेसको जवाफः ‘कांग्रेस अहंकारको बाटोमा छैन,आशंका नगरौं’

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाश शरण महतले कांग्रेस अहंकारको बाटोमा नरहेको बताएका छन् । आज चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महतले काँग्रेस कहिल्यै पनि अहंकारको बाटो नहिंडेको बताएका हुन् । सत्ता सहयात्री दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसलाई थर्काएको भनेर नबुझ्न पनि उनले आग्रह गरेक छन् ।

केही दिनअघि प्रचण्डले अफ्ना निर्वाचित जनप्रतिनिधिलाई काठमाडौंमा प्रशिक्षण दिने क्रममा एमाले जस्तै कांग्रेसको पनि दम्भ र अहंकार बढेकाले ठेगान लगाइदिने चेतावनी दिएका थिए ।

यसको जवाफमा प्रवक्ता महतले भने, ‘उहाँ (प्रचण्ड)ले आफ्ना कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा त्यो भन्नुभयो होला । त्यसलाई ज्यादा महत्व दिनुपर्छ भन्ने म ठान्दिनँ’, नेपाली कांग्रेस कहिल्यै पनि अहंकारको बाटोमा छैन । यस विषयमा उहाँले आशंका गर्नुपर्ने आवश्यकता पनि छैन ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार