काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउने भएको छ । आज बसेको पार्टीको सचिवालय बैठकले पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री सरकारमा पठाउने निर्णय गरेको छ ।
समाजवादीका सम्मानित नेता झलनाथ खनालले २४ घण्टाभित्रै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरु पठाउने तयारी भइरहेको संचारमाध्यमलाई जानकारी दिएका छन्। उनका अनुसार भोली नै नयां मन्त्रीहरु सरकारमा जानेछन्।
समाजवादीले आफ्ना पाँच मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नामावली प्रधानमन्त्रीको कार्यालयमा पठाएको छ ।
समाजवादीले जनाएअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको ठाँउमा भवानी खापुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको ठाउँमा जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्री रामकुमारी झक्रीको ठाउँमा मेटमणि चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठको ठाउँमा शेरबहादुर कुँवरलाई नयां मन्त्री बन्दैछन् । त्यस्तै हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्न लागेको समाजवादीका उपमहासचिव विजय पौडेलले बताए।
भिडियो पनि हेर्नुहोस










