समाजवादीको मन्त्री सिफारीसमा महिला खोई ? भन्दै पार्टीभित्रै तिर्ब असन्तुष्टि

काठमाडौं । नेकपा एकिकृत समाजवादीले सिफारीस गरेका नयां मन्त्रीहरुमा महिला नपरेको भन्दै तिर्ब असन्तुष्टी भइरहेको छ ।
पार्टीका महिला सांसददेखि संगठनहरुले मन्त्री सिफारीसमा महिला नराखेको भन्दै तिर्ब असन्तुष्टी जनाइरहेका हुन् ।

पार्टीको भातृ संगठन अनेमसंघ (समावजादी) ले पार्टीले मन्त्री सिफारीस गर्दा महिलालाई उपेक्षा गरेको भन्दै घोर आपत्ती जनाएको छ ।
अनेमासंघका अध्यक्ष जयन्ती राईले मन्त्री सिफारीस हेरफेर गरेर भएपनि महिला समावेश गर्नुमा जोड दिइन् ।

अनमोलपोस्टसंग कुराकानी गर्दै अध्यक्ष राईले संविधान र पार्टीको विधानमै समावेशीताबारे प्रष्ट ब्यवस्था हुँदा हुँदै पनि महिलालाई बेवास्ता गर्नु दुखत भएको बताइन् ।

‘पार्टीको तर्फबाट नयां मन्त्रीहरुको नाम सिफारीस गरिएको भन्ने कुरा नामसहित बाहिर आयो, त्यसमा महिला खोई ? समावेशीता खोई ? संविधान र पार्टीले समावेशीताबारे प्रष्ट ब्यवस्था गर्दा गर्दै पनि  यस्तो गर्न मिल्दैन् । यसमा हामीहरुको आपत्ति छ’, अध्यक्ष राईले भनिन् ।

उनले पार्टीले सिफारीस गरेका नयां मन्त्रीको लिष्टमा महिला राख्नै पर्नेमा जोड दिइन् ।

यस्तै, समाजवादीकी संघीय सांसद लक्ष्मी चौधरीले पनि पार्टीले सिफारीस गरेका नयां मन्त्रीहरुमा महिला नराखेको भन्दै आपत्ति जनाएकी छन् ।
नयां मन्त्रीहरु छनौट गर्दा भूगोल र समावेशीता समेत नमिलेको भन्दै सांसद चौधरीले विरोध जनाएकी छन् । पार्टीमा समक्ष र दक्ष महिला हुँदा हुदै पनि बेवास्ता गरिनु दुखत रहेको उनको भनाइ छ ।

समाजवादीले हिजो आफ्ना पाँच मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउँदै नयां मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई पठाएको थियो । जसमा जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र हीरा केसीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा सिफारीस गरिएको छ।
सिफारीस गरिएका मन्त्रीहरुबारे पार्टीभित्र तिर्ब असन्तुष्टी उत्पन्न भएपछि हिजै साँझ हुने भनिएको सपथ कार्यक्रम समेत अन्योलमा परेको छ ।

भिडियो पनि हेरौं

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार