तारमा झुण्डिएको घटनापछि बालेनको योजनाः डेढ वर्षभित्र विद्धुतका तार ‘अन्डरग्राउन्ड’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बेलन शाहले डेढ वर्षभित्र काठमाडौँ महानगर क्षेत्रमा विद्धुतका तारहरु ‘अन्डरग्राउन्ड’ गर्ने बताएका छन् ।

महानगर कार्यपालिकाको दोस्रो बैठकमा प्रमुख शाहले सडक, विद्युत् र खानेपानीका प्रमुखलाई राखेर आफूले बैठक आयोजना गरेको र सो बैठकमा विद्युत् प्राधिकरणका तर्फबाट यस्तो प्रतिबद्धता जनाइएको उनले बताएका छन् ।

मेयर बालेनले हरेक महिनाको पहिलो सोमबार सडक, विद्युत्, खानेपानी लगायतका निकायका प्रमुखसँग बैठक आयोजना गर्ने र एकअर्कासंग सहकार्यको समीक्षा गरिने समेत बताए । सडक, खानेपानी, विद्युत् प्राधिकरण लगायतका निकायले गरेका कामको अनुगमन महानगरले गर्ने उनले बताए ।

भिडियो पनि हेरौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार