
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले यथाशीघ्र कृषकहरूलाई मल उपलब्ध हुन सक्ने गरी व्यवस्थापन गर्न सरकारके ध्यानाकर्षण गराएका छन् ।
आज प्रतिनिधिसभा बैठकमा सभाामुख सापकोटाले कृषकहरूलाई यथाशीर्घ मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्। खेतीको समयमा मल उपलब्ध नभएकोप्रति आफ्नो ध्यानाकर्षण भएको समेत उनले बताए ।
सांसदहरूले किसानले बाली लगाउने बेला हुँदा पनि मल प्राप्त गर्न नसकेको भन्दै सभामुखबाट सरकारका नाममा रुलिङ हुनुपर्ने माग गरेपछि सभामुख सापकोटाले सरकारको ध्याकर्षण गराएका हुन्।
‘खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा माननीय सदस्यहरूले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ । यथाशीघ्र कृषकहरूलाई मल उपलब्ध हुन सक्ने गरी व्यवस्थापन गर्न, गराउन म सम्बन्धित मन्त्री एवं नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु’, सभामुख सापकोटाले भने ।
खेती लगाउने समय हरेक बर्ष मलको अभाव हुँदै आएको भएपनि सरकारतर्फबाट त्यस्तो दिर्घकालिन समाधान हुने सकेको छैन् ।
नेपाली किसानहरु मल, खादका लागि बर्षैदेखि भारतको भर पर्दै आएका छन् । समयमै पल नपाउँदा किसानले उत्पादनमा क्षती ब्यहोर्दै आएका छन् ।










