एसपिपीबारे प्रधानमन्त्रीले संसदमा उभिएर जवाफ दिनुपर्छ : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरीक कार्यक्रम स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) बारे प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा जवाफ दिनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले यो विषयमा प्रधानमन्त्री आफैले संसदमा जवाफ दिनु पर्ने बताएका हुन् ।

यसअघि आज प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले पनि यसबारे सरकारको जवाफ माग गरेका थिए। ज्ञवालीलगत्तै बोलेका कांग्रेस सांसद थापाले पनि एसपिपीबारे प्रधानमन्त्रीले आजै संसदमा जवाफ दिनुपर्ने बताएका हुन्।

‘आजै यो बैठकमा आएर प्रधानमन्त्री आफैंले यस्तो प्रकृतिको सम्झौता नेपालले गर्दैन भनेर भन्नुपर्छ,’ थापाले भने, ‘अमेरिका के चाहन्छ उसको कुरा भयो। तर प्रधानमन्त्री देउवाले यस्तो सम्झौता नेपालले गर्दैन भनेर आफ्नै शैलीमा हुँदैन, हुँदैन, हुँदैन र गर्दैन, गर्दैन, गर्दैन भन्नुपर्छ।’

प्रधानमन्त्रीले संसदमा जवाफ दिएपछि एसपिपीबारेका भ्रम, भय र आशंकाका प्वाल बन्द हुने थापाले दाबी गरे । प्रधानमन्त्रीको अमेरिका भ्रमण र एसपिपी सम्झौता बारे चौतर्फि विरोध भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार