टेलिभिजनबाट औपचारिक रुपमा विदाई भए रवि लामिछाने, काठमाडौं ३ बाट चुनाव लड्ने सम्भावना


काठमाडौं । चर्चित पत्रकार रवि लामिछानेले औपचारिक रुपमा टेलिभिजन छाडेका छन् । राजनीतिमा आउने भएकाले उनले औपचारिक रुपमा टेलिभिजन छोडेका हुन् ।

पछिल्लो समय उनी ग्यालेक्सी फोर के टेलिभिजनमा सिधा कुरा कार्यक्रम सञ्चालन गर्दै आइरहेका थिए । आज उनको अन्तिम एपिसोड प्रशारण हुनेछ । लामिछानेले आफूले राजनीतिमा लाग्ने निधो गरेकोले उक्त कार्यक्रम ह्याण्डओभ गरेको समेत बताएका छन् ।

उनले कुन राजनीतिक दलबाट आफू उम्मेदवार बन्न लागेको भन्ने कुरा नखुलाए पनि काठमाडौं ३ बाट स्वतन्त्र चुनाव लड्ने कुरा बाहिर आएको छ । पछिल्लो समय स्थानीय तहमा धनगढी, काठमाडौ र धरानमा स्वतन्त्र उम्मेदवारले जीत हातपारेपछि स्वतन्त्र उम्मेदवारको हल्ला चल्न थालेको छ ।

लामिछानेले आउँदो असार ७ गते राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेर कस्तो राजनीति र कुन क्षेत्रबाट लड्ने लगायतका विषयमा प्रष्ट पार्ने बताएका छन् । लामिछानेले भने, मलाई धेरै राजनीतिक दलबाट प्रस्ताव आएको छ। तर मलाई अहिलेका राजनीतिक दलहरूमा त्यतिधेरै चासो छैन। तर म सल्लाहको चरणमा छु।

उनले आफू स्वतन्त्र रूपमा राजनीतिमा लाग्ने सोचमा समेत नरहेको बताए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार