उपसभामुखमा गठबन्धनबाट काँग्रेसकी पुष्पा र एमालेबाट विद्याबीच भिडन्त


काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि गठबन्धनकी साझा उम्मेदवार काँग्रेसकी पुष्पा भुसाल र एमालेकी विद्या भट्टराईबीच प्रतिस्पर्धा हुने भएको छ ।

उपसभामुख पदको निर्वाचनका लागि आज बिहान पुष्पा र विद्याले आफ्नो उम्मेदवारी दर्ता गराएपछि प्रतिस्पर्धा हुने भएको हो ।
भुसाललाई नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरूङले उपसभामुखमा प्रस्ताव गहेका छन् भने नेकपा (एकीकृत समाजवादी) की लक्ष्मीकुमारी चौधरीले समर्थन गरेकी छन् ।

उम्मेदवारी दर्ताका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म समय दिइएको थियो । उपसभामुखका लागि लोसपाकी चन्दा चौधरीको पनि उम्मेदवारी दिने तयारी रहेपनि अन्तिममा भुसाल र भट्टराईको मात्रै उम्मेदवारी दर्ता भएको छ । उपसभामुखको निर्वाचन भोली हुनेछ ।

भिडियो पनि हेरौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार