प्रधानमन्त्री देउवाले भनेः नैतिकताको आधारमा गभर्नर अधिकारीले राजीनामा दिनुको विकल्प छैन्


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् ।

नेकपा एमालेले आफ्नो पार्टीको अर्थ तथा योजना विभागको सदस्यमा एम अधिकारी, खोटाङ नाम गरेको ब्यक्ती राखेपछि उक्त ब्यक्ती गभर्नर महाप्रसाद अधिकारी नै भएको भन्दै उनको राजीनामा मागिदै आउको छ ।

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको आज बसेको बैठकमा पनि नेताहरुले गभर्नर विवादमा तानिएकाले राजीनामा दिनुपर्ने मत राखेका थिए । सोहि क्रममा बोल्दै प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् ।

बैठकमा सहभागी एक नेताकाअनुसार प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीले राजीनामा दिनु बाहेक अन्य विकल्प नरहेको समेत बताएका छन् ।

गभर्नर अधिकारीले देशमा आर्थिक संकटबारे समाधान खोज्नुको साटो जनतामा आतंक फैलाउने काम गरेको आरोप छ । गभर्नर जस्तो पदमा राजनीतिक दलमा आवद्ध ब्यक्ति बस्न नपाउने कानुनी प्रावधान भएकाले अधिकारीले तत्काल राजीनामा दिनुपर्ने भन्दै प्रर्दशन समेत भइरहेका छन् । तर, गभर्नर अभिकारीले आफु कुनैपनि पार्टीमा आवद्ध नभएको दावी गर्दै आएका छन् ।

यस्तै एमालेले पनि एम अधिकारी भन्ने ब्यक्ती गभर्नर अधिकारी नभएको बताएको छ । तर, एम अधिकारीलाई भने सार्वजनिक गर्न सकेको छैन् । नक्कली एक अधिकारी खडा गरेको भन्दै एमालेको आलोचना भइरहेको छ ।

भिडियो पनि हेरौं

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार