प्रचण्ड र भाजपा अध्यक्ष नड्डाबीच भेटवार्ता, के भयो छलफल ?


नयांदिल्ली । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ ।

आज भाजपा मुख्यालयमा अध्यक्ष प्रचण्डको भव्य स्वागत पश्चात नड्डासंग भेटवार्ता भएको हो । भारतको ३ दिने भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डलाई भारत सरकारको सत्तारुढ दल भाजपाले आफ्नो केन्द्रिय कार्यालयमा प्रचण्डको भव्य स्वागत गरेको थियो ।

उक्त भेटवार्तामा अध्यक्ष प्रचण्डलाई भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले र विदेशमन्त्री एस जयशंकरले प्रचण्डको स्वागत गरेका थिए। प्रचण्ड र नाड्डाबीच भएको भेटवार्तामा छलफलको बिषयबारे कुनै कुरा बाहिर आएको छैन ।

अध्यक्ष प्रचण्ड भाजपाको निमन्त्रणमा गत शुक्रबार भारत भ्रमण गएका थिए । प्रचण्डले शुक्रबार नै भारतीय विदेश सचिव विनयमोहन क्वात्रासंग भेटवार्ता गरेका थिए । त्यस्तै शनिबार भारतीय विदेश मन्त्री जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार