भारत भ्रमणबाट फर्केपछि प्रचण्डले भनेः इतिहासमा थाती रहेका नेपाल-भारत सम्बन्धका समस्याहरुलाई जोड दिएर उठाए

काठमाडौंं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा इतिहासमा थाती रहेका नेपाल भारत सम्बन्धका समस्याहरुलाई जोड दिएर उठाएका बताएका छन् । भारतको तीनदिने भ्रमण सकेर आज साँझ स्वदेश फर्किएका अध्यक्ष प्रचण्डले त्रिवि विमानस्थलमा संचारकर्मीसंग प्रतिकृया दिदैं इतिहासमा थाती रहेका नेपाल भारत सम्बन्धका समस्याहरुलाई जोड दिएर उठाएको बताएका हुन् । उनले आफ्नो कुरालाई भारतीय पक्षले सकारात्मक रुपमा लिएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले आफ्नो भ्रमण सफल रहेको समेत दावी गरेका छन् । उनले भारत सरकार र भारतीय जनता पार्टी ९भाजपा०ले आफ्नो स्वागतमा कुनै कसर बाँकी नराखेको समेत बताएका छन् ।

भारत भ्रमणका क्रममा प्रचण्डले प्रचण्डले भारतीय विदेश सचिव विनयमोहन क्वात्रा, भारतीय विदेश मन्त्री जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले, भाजपाका अध्यक्ष जेपी नड्डा, सरकारी अधिकारी लगायत नेपाली अधिकारीहरुसंग महत्वपुर्ण भेटवार्ता गरेका थिए।

भ्रमणका क्रममा प्रचण्डले भारतसंगको १९५०को असमानसंन्धी पुनरावलोकनको बिषय पनि उठाएको बताइएको छ । प्रचण्ड र भाजपा अध्यक्ष नड्डाबीच भएको भेटवार्तामा भाजपा र मा‌‌ओवादीबीच एक अर्काको आमन्त्रणमा दुवै देशमा संयुक्त कार्यक्रमहरु गर्दै जाने समझदारी समेत भएको छ।

भारत भ्रमणमा क्रममा नयांदिल्ली मै अध्यक्ष प्रचण्ड र काँग्रेस नेत्रृ आरजु देउवा राणाबीच पनि भेटवार्ता भएको थियो । नेपालमा प्रतिनिधिसभा र राष्ट्रयसभाको चुनाव नजिकिदै गर्दा प्रचण्डको भारत भ्रमणलाई अर्थपुर्ण मानिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार