कप्तान रुबिना क्षेत्रीको ह्याट्रिक, कुवेतविरुद्ध नेपालको सानदार जित

काठमाडौं ।  उमन्स टि- २० वल्र्ड कपको एसिया छनोट खेलमा नेपालले कुवेतलाई हराउदै जित हात पारेको छ । नेपालले कुवेतविरुद्धको खेलमा ३० रनले जित हात पारेको हो । नेपालले दिएको एक सय १७ रनको चुनौति पछ्याउने क्रममा कुवेत ९ विकेट क्षेतिमा ८६ रनमा सिमित भयो ।

नेपालले पहिलो ब्याटिङमा एक सय १६ रनको बनाएको थियो । नेपालका लागि बिन्दु रावलले सर्वाधिक २८ रनको योगदान गरिन् । उनले ४९ बलको सामना गर्दै एक चौका प्रहार गरेकी थिइन् । सुस्त गतिमा हिँडिरहेको नेपालको ब्याटिङलाई अनुभवी नेरी थापा र कप्तान रुबिना चौधरीले उकासेका थिए ।

उनीहरुले ३-३ रनको साझेदारी गरे । नेरीले १९ बलमा त्यति नै रन बनाइन् भने रुबिनाले १३ बलमै २२ रनको आक्रामक इनिङ खेलिन् । उनीहरु दुवैले ३-३ चौका प्रहार गरेका थिए । सुरुवातमा नेपालको ब्याटिङ राम्रा नभए पनि रुबिना र नेरीले छैटौं विकेटका लागि बलियो साझेदारी गरेर सम्मानजनक स्कोर खडा गरेका थिए ।

कुवेतका मरियाम ओमार र प्रियादा मुरलीले २-२ विकेट लिएका थिए । सामान्य लक्ष्य पछ्याउने क्रममा कुवेतले राम्रो सुरुवात गरेको थियो । एक समय १ विकेटमा ६३ रन बनाएको कुवेतले रन रेट उकास्न नसक्दा दवावमा र्पयो । त्यसपछि ठूला सट खेल्ने चक्करमा लगातार विकेट गुमाउन पुग्यो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले ह्याट्रिक पुरा गरिन् । उनले २० औं ओभरको अन्तिम तीन बलमा लगातार विकेट लिएकी थिइन् । यो खेलमा रुविनाले निकै राम्रो प्रदर्शन गरेकि थिइन् । जस्का कारण नेपाल कुवेतलाई हराउन सफल भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार