काँग्रेसले भदौमा चुनावलक्षित विशेष अभियान सञ्चालन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले चुनावलक्षित विशेष अभियान सञ्चालन गर्ने भएको छ । काठमाडौंमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले आगामी संघ र प्रदेशको चुनावलाई लक्षित गर्दै भदौं महिनामा देशव्यापी रुपमा विशेष अभियान चलाउने निर्णय गरेको हो । अभियान आगामी भदौ २ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने कांग्रेसले जनाएको छ ।

जनताको मन जित्नेगरी चुनाव केन्द्रित अभियान संचालनका लागि त्यसको ढाँचाबारे नेताहरुबीच गृहकार्य भइरहेको समेत काँग्रेस नेताहरुले बताएका छन् ।

सम्पन्न केन्द्रिय बैठकले आगामी संघ र प्रदेशको निर्वाचनमा पनि सत्तारूढ दलहरूसँग चुनावी गठबन्धन गर्ने निर्णयसमेत गरेको छ । उक्त निर्णयको सत्तारुढ दलहरुले स्वागत गरेका छन् ।

स्थायी सरकारका लागि आगामी निर्वाचनमा पनि सत्तारुढ गठबन्धनलाई निरन्तरता दिनुपर्ने आवश्यकता ठान्दै काँग्रेसले यस्तो निर्णय गरेको बताएको छ।

गठबन्धनमा रहेका दलहरूका बीचमा तालमेल गर्दा संविधानको रक्षा, कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्धलगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गरेर अघि बढ्ने कांग्रेसको सर्त छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार