गभर्नर वर्खास्तीको माग गर्दै तीन विद्यार्थी संगठनद्धारा राष्ट्र बैंकअगाडि प्रदर्शन

काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीको वर्खास्तीको माग गर्दै तीन विद्यार्थी संगठनले नेपाल राष्ट्र बैंकअगाडि प्रदर्शन गरेका छन् ।
राजनीतिक दलमा आवद्ध भएर गभर्नर पदमा बस्नु गैरकानुनी हुने भन्दै सत्तारुढ दलका तीन विधार्थी संगठनहरुले अधिकारीको राजीनामा माग्दै आज बिहान बैंकअगाडि प्रदर्शन गरेका हुन् ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को बर्खिलाप हुने गरी गभर्नर अधिकारीले दलीय आबद्धता जनाएको उनिहरुको आरोप छ । दर्जनौं संख्यामा सहभागी विधार्र्थीहरुले राष्ट्र बैंकको केन्द्रीय कार्यालय अगाडि कालो ब्यानर राखेर गभर्नर अधिकारीको राजीनामा माग्दै विरोध जनाएका छन् ।

विरोध कार्यक्रममा काँगे्रस निकट नेविसंघ,माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववियूले संयुक्तरुपमा गभर्नरको राजीनामा माग्दै विरोध प्रदर्शन गर्दै आएका छन् ।

उनिहरुले जारी गरेका आन्दोलनका कार्यक्रमअनुसार आज बुधबार राष्ट्र बैंक केन्द्रीय कार्यालयसहित देशैभरिका कार्यालयहरूमा कालो ब्यानर राख्ने, बिहीबार प्रज्ञा भवन डबलीमा कार्टुन प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम गर्ने, शुक्रबार देशैभरि क्याम्पसहरूमा आफ्नो सापेक्षतामा विरोध कार्यक्रम गर्ने र शनिबार संघीय संसद् सदस्यहरूलाई अवैध गभर्नर बर्खास्तीको माग गर्ने आवाज संसद्‍मा उठाउन अनुरोध गर्दै प्रदर्शनीमार्ग अगाडि सडकबाट सन्देश पठाउने विरोधका कार्यक्रमहरु घोषणा गरिएको छ।

नेकपा एमालेको अर्थ तथा योजना विभाग सदस्यमा नियुक्त एम अधिकारी नै वहाल रहेका गभर्नर अधिकारी रहेको समाचार बाहिर आएपछि उनको सवत्र आलोचना भइरहेको छ । सत्तापक्षका विधार्थी विद्यार्थी नेताहरूले अधिकारीको राजीनामा नआउन्जेलसम्म आन्दोलन जारी रहने बताउँदै आउका छन् । तर, गभर्नर अधिकारीले आफु कुनै पनि राजनीतिक दलमा आवद्ध नभएको दावी गर्दै सार्वजनिक प्रतिकृया दिइसकेका छत् भने नेकपा एमालेले पनि एम अधिकारी भन्ने ब्यक्ति गभर्नर अधिकारी नभएको बताउँदै आएका छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार