
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अब नेपालीका भान्छामा सिधै बिजुलीका तार पुग्ने बताएका छन् । सरकारमा हुँदा जनताका घर घरमा ग्यासका पाइप पुर्याउँछु भन्दै आश्वासन दिएर आलोचित बनेका ओलीले अब ग्यास पाइप नभई भान्छामा सिधै बिजुलीका तार पुग्ने बताएका छन् ।
बागमती प्रदेशस्तरी भेला तथा प्रशिक्षण कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधन गर्दै ओलीले ग्यास पाइन चुलोमा लैजाउनु पर्ने आवश्वकता नभएको र अब सिधै बिजुलीका तार भान्छामा पुग्ने बताएका हुन् ।
‘अब ग्यासका पाइप चुलोमा लैजानुपर्दैन, आवश्यकता छैन । चुलोमा ग्यास ल्याउन सकिन्छ ? नहुने कुरा भन्दै थिए, पानीका पाइपचाहिं लान सकिने, ग्याँसको पाइप लान नसकिने हुन्छ ? अब ग्यास चाहिंन्न अब त बिजुलीका तारै चुलोमा पुर्याइन्छ’, ओलीले भने ।










