
बाँके। इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका असई हिरासतमा रहेकी एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।
असई प्रविण चौलागाईलाई वयान लिने नाममा मध्यराति हिरसातमा रहेकी एक महिलालाई आफ्नो कोठमामा लगेर बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो । असई चौलागाई मुद्दा शाखामा कार्यरत थिए। चौलागाईले महिलालाई मध्यराती लगिरहेका बेला हिरासतमा रहेका अन्य पुरुषहरुले होहल्ला गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार साउन ११ गते बहुविवाह मुद्दामा पक्राउ परेकी एक महिलालाई आज बिहान २ बजेतिर आफ्नो भवनको माथिल्लो तलमा लगेर असई चौलागाईले बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको छ ।
चौलागाईलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर थुनुवा कक्षमा राखिएको र घटनाबारे बिस्तरीत अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए ।
भिडियो पनि हेरौं












